• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

बुटवलको तिनाउ पुलमा जिप दुर्घटनाः ३ जनाको मृत्यु


काठमाडौं । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

प्रहरी कार्यालय बुटवलका अनुसार गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार