• २०८२ मङ्सिर २५ गते बुधवार
  • Preeti To Unicode

भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट, ८० लाखभन्दा बढीको क्षति


काठमाडौं – राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा चैत १५ गते तोडफोड र लुटपाट भएको छ। प्रारम्भिक मूल्यांकनअनुसार, यस घटनाले सुपरमार्केटलाई करिब ८० लाख ३३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याएको छ।

ठूलो आर्थिक नोक्सानी

भाटभटेनी सुपरमार्केटका अनुसार लुटपाटका क्रममा करिब ६४ लाख ८८ हजार रुपैयाँ बराबरको मौज्दात सामान हराएको वा नष्ट भएको छ। साथै, सुपरमार्केटको भवन र उपकरणहरूमा पनि ठूलो क्षति पुगेको छ।

  • भवन क्षति: ११ लाख ८५ हजार रुपैयाँ

  • फ्रिजर तथा शोकेसमा क्षति: २ लाख ६५ हजार रुपैयाँ

  • नगद चोरी: ९४ हजार रुपैयाँ

प्रहरीको अनुसन्धान जारी

घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

यस घटनाले काठमाडौं उपत्यकाको सुरक्षाका सवालमा चिन्ता बढाएको छ। प्रहरीले दोषीहरूलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार