• २०८२ कार्तिक १३ गते बुधवार
  • Preeti To Unicode

‘छक्का पन्जा ५’ अब ओटीटीमा, नयाँ वर्षदेखि एमएसएम एपमा हेर्न सकिने


काठमाडौं –नेपाली फिल्म ‘छक्का पन्जा ५’ अब ओटीटीमा सार्वजनिक हुने भएको छ। दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्म नयाँ वर्ष २०८२ को पहिलो दिन (बैशाख १) देखि एमएसएम एपमा उपलब्ध हुनेछ।

यस फिल्ममा दीपकराज गिरी, माग्ने बुढा, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। ‘छक्का पन्जा ५’ ले प्रदर्शनको केही समयमै १५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको थियो, जुन नेपाली फिल्म उद्योगको लागि एक ठूलो सफलता हो।

फिल्म ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्ने उद्देश्य, विशेषगरी ओटीटी दर्शकहरूलाई लक्षित गर्दै गरिएको हो। यस फिल्मको युट्युबमा सार्वजनिक मिति भने केही समय पछि तय हुने जानकारी प्राप्त भएको छ।

‘छक्का पन्जा ५’ को ओटीटीमा सार्वजनिक भएपछि, यसले नेपाली फिल्मलाई नयाँ डिजिटल प्लेटफर्ममा पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार