• २०८२ कार्तिक ७ गते बिहिवार
  • Preeti To Unicode

हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ आजदेखि प्रसारणमा


काठमाडौं– लोकप्रिय हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ आजदेखि प्रसारणमा आउँदैछ। हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तुतकर्ता भएका यस कार्यक्रममा मनोरञ्जनात्मक र सन्देशमूलक वार्तालाप हुनेछ।

हास्य कार्यक्रम हरेक बिहीबार बेलुका ८:३० बजेदेखि ९ बजेसम्म बागमती टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण हुनेछ। ९ बजेसम्म प्रसारणपछि ओएसआर डिजिटलको युट्युब च्यानलमा अपलोड हुने तय भएको छ।

कार्यक्रमको पहिलो एपिसोडमा लोकप्रिय अभिनेता पारस बम ठकुरी र चर्चित गायक चन्द्रकान्त राउत (सिके राउत) अतिथिका रूपमा सहभागी हुनेछन्। यस कार्यक्रममा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वलाई बोलाएर मनोरञ्जन र सन्देश प्रस्तुत गरिने छ।

यसअघि, ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म विभिन्न टेलिभिजन च्यानलहरूमा प्रसारित हुँदै दर्शकको मन जितेको थियो। अब यो कार्यक्रम बागमती टेलिभिजन एचडीमा प्रसारण हुँदै दर्शकलाई नयाँ र ताजगीपूर्ण अनुभव दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार