फिल्म ‘जार’ अन्तर्राष्ट्रिय प्रदर्शनमा, नेपाली कथावस्तु विश्वसामु


काठमाडौं — नेपाली फिल्म ‘जार’ शुक्रबारदेखि अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका र मध्यपूर्वका विभिन्न देशहरूमा प्रदर्शनमा आएको छ। युएई, कतार र बहराइनमा भने फिल्म बिहीबारदेखि नै प्रदर्शन सुरु भइसकेको छ।

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यस फिल्मले झन्डै २०० वर्ष पुरानो नेपाली समाजको कथा दर्शकसमक्ष प्रस्तुत गर्दछ। नेपाल र भारतमा प्रदर्शनपश्चात् फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र राष्ट्रिय चलचित्र पुरस्कार विजेता गीताञ्जली थापा प्रमुख भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन फुर्वा छिरिङ लामाले गरेका हुन् भने निर्माण ‘फेरि टेल पिक्चर्स’ले गरेको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार