निर्वाचन परिणाम आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठन प्रक्रिया सुरु हुने

निर्वाचन परिणाम आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौँ, चैत ५ गते । निर्वाचन आयोग ले आज राष्ट्रपति रामचन्द्र पौडेल लाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुझाउने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ भने अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम पेश गरिनेछ । त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी सार्वजनिक गरिनेछ ।

प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिलाई बुझाइएपछि संसद् आह्वान प्रक्रिया अघि बढ्नेछ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ । नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) २५ सिटसहित तेस्रो र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १७ सिटसहित चौथो स्थानमा रहेका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीले ७ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन् ।

यस निर्वाचनबाट जम्मा ६ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार