नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (२७ मार्च २०२६) पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहणसँगै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले सामाजिक सञ्जालमार्फत् उहाँलाई बधाई दिनुभएको छ र सफल कार्यकालको कामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उहाँको नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिबिम्बित गरेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल–भारतबीचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफ्नो तत्परता व्यक्त गर्नुभएको छ।
मोदीले लेख्नुभएको छ, “नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन उत्सुक छु।”