सुनसरीमा रामनवमी पर्व भव्य रूपमा मनाइयो

सुनसरीमा रामनवमी पर्व भव्य रूपमा मनाइयो

सुनसरी, इनरुवा — चैत्र शुक्ल नवमीको अवसरमा सुनसरीका रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइएको छ। भगवान् श्रीरामको जन्म सम्झनामा पूजा–अर्चना र मेला आयोजना गरिएको थियो।

स्थानीय हिन्दू समुदायले घरघरमा रामको मूर्ति बनाएर पूजा गरेका थिए भने, कोशी गाउँपालिका–१, लौकहीस्थित रामजानकी मन्दिरमा भव्य पूजाआजा र रथ यात्रा गरिएको थियो। रामधुनी मन्दिरमा नेपाल, भुटान र भारतबाट आएका भक्तजनहरूको ठुलो सहभागिता देखिएको थियो।

त्रेता युगमा भगवान् श्रीरामले रावणको अन्त्य गरी जनकल्याण गरेको सम्झनामा विशेष रूपमा मनाइने यस पर्वको अवसरमा आद्य शक्ति नवदुर्गा देवीको पूजा पनि गरिएको थियो। हिन्दू धर्मावलम्बीहरूले बिहानै नुहाइधुवाइ गरी मन्दिरमा पुगेर पूजा–आराधना गरेका थिए।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार