काठमाडौं । पछिल्लो साताभित्र सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल बजारमा सुनको भाउ गत मंगलबार प्रतितोला २,७३,९०० रुपैयाँ रहेकोमा आज २,९०,२०० रुपैयाँ पुगेको छ। यस अनुसार आजको दिनमा मात्र सुनको मूल्य प्रतितोला ६,७०० रुपैयाँले बढेको छ भने एक साताभित्र कुल १६,३۰۰ रुपैयाँले वृद्धि भएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ४,७०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४,८४५ रुपैयाँ पुगेको छ। आजको दिनमा १४५ रुपैयाँ बढेको मूल्य एक सातामा कुल ३४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार बजारमा सुन–चाँदी दुवैको मूल्य वृद्धि भइरहेकाले लगानीकर्ता र व्यवसायीले सतर्क रहनुपर्ने बताएका छन्।