• २०८२ चैत्र १७ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्रीको निर्देशनपछि लुम्बिनीमै ६ वर्ष अलपत्र बसेका विद्युतीय बस सञ्चालनको तयारीमा

प्रधानमन्त्रीको निर्देशनपछि लुम्बिनीमै ६ वर्ष अलपत्र बसेका विद्युतीय बस सञ्चालनको तयारीमा

लुम्बिनी विकास कोषले ६ वर्षदेखि खुला आकाशमुनि अलपत्र राखिएका विद्युतीय बसहरू प्रधानमन्त्री कार्यालयको मौखिक निर्देशन अनुसार लुम्बिनीमै सञ्चालन गर्ने तयारी थालेको छ।

एशियाली विकास बैंक (ADB) ले २०१८ मा पर्यटक सेवा र वातावरणीय संरक्षणका लागि पाँच वटा बस र १४ वटा ट्याक्सी उपलब्ध गराएको थियो। तर, विकास कोषको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण गाडीहरू लामो समय सञ्चालनमा आउन सकेनन्।

हाल, बसहरू बिग्रिएका छन्, टायर मक्किएका, ब्याट्री चार्ज नभएका र केही भ्यान दुर्घटनामा परेका छन्। साथै, चालक र सहचालकको अभावले तुरुन्त सञ्चालन असम्भव छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार, बसहरू संचालनका लागि बजेट र मर्मतको व्यवस्था नभएसम्म तत्काल चलाउन सकिँदैन, र केवल एउटा बस संचालनको तयारी भइरहेको छ।

एडीबीले परियोजनामा २१ करोड खर्च गरेको थियो, जसमा चार्जिङ स्टेसन निर्माणको लागि थप १३ करोड ९० लाख खर्च गरिएको थियो। कानुनी जटिलता र व्यवस्थापकीय कमजोरीले परियोजना सञ्चालनमा रोक लगाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार