तामाङ समुदायद्वारा दिवङ्गत आत्माको शान्तिको कामना लागि तेमाल जात्रा गरिदै

तामाङ समुदायद्वारा दिवङ्गत आत्माको शान्तिको कामना लागि तेमाल जात्रा गरिदै

काठमाडौं – काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरूले प्राचीनकालदेखि मनाउँदै आएको तेमाल जात्रा आज चैत शुक्ल चतुर्दशीको दिन मनाइँदैछ। यो अवसरमा तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने र लामागुरुबाट विशेष पूजापाठ गर्ने परम्परा छ।

पूर्णिमाको दिन भने स्वयम्भूमा बत्ती बालिने प्रचलन रहेको छ। पूजापाठ सकेपछि समुदायका सदस्यहरूले जोडी बनाएर तामाङ भाषामा दोहोरी गीत गाउने परम्परा पनि रहिआएको छ। वर्तमानमा यो जात्रा देशभरिका बौद्ध धर्मावलम्बीहरूले पनि उत्साहका साथ मनाउने गरेका छन्।तेमाल जात्रा: तामाङ समुदायद्वारा दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पूजा र दोहोरी गी

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार