काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ, जुन हिजो प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ, जबकि अघिल्लो दिन २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजो ४ हजार ९४५ रुपैयाँ थियो। साथै, प्रति १० ग्राम चाँदीको मूल्य आज ४ हजार ९८ रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार २४० रुपैयाँ रहेको महासंघले जनाएको छ।