इनिसा वीको शव २७ दिनपछि परिवारले बुझ्ने, बिहीबार सम्झिघाटमा अन्त्येष्टि हुने

इनिसा वीको शव २७ दिनपछि परिवारले बुझ्ने, बिहीबार सम्झिघाटमा अन्त्येष्टि हुने

सुर्खेत – गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। परिवारले बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा उनको अन्त्येष्टि गर्ने तयारी गरिरहेको जनाएको छ।

इनिसाको न्यायको माग गर्दै परिवारले सुरुमै शव बुझ्न अस्वीकार गरेका थिए। उनी बलात्कारपछि हत्या भएको आरोपमा मृत्यु भएकी घटनामा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको थियो। शव हालसम्म प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो।

मंगलबार जिल्ला अदालत सुर्खेतले चारै नाबालक दोषीलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि परिवारले शव बुझ्न सहमति जनाएका हुन्।

इनिसा वी, वीरेन्द्रनगर–१ बसोबास गर्दै आएकी थिइन् र उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। फागुन २३ गते बिहान टिउसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी वीरेन्द्रनगर–४ को शहीद पार्क नजिकै जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार