मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे, साथै ७ घाइते

मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे, साथै ७ घाइते

उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा गत शनिबार राति हिमचितुवाको आक्रमणबाट स्थानीय पशुपालक घ्याचो गुरुङका २१ भेडाच्याङ्ग्रा मरेका छन् भने सात घाइते भएका छन्। च्याङ्ग्रा खोरमा जम्मा ३१५ वटा भेडाच्याङ्ग्रा रहेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले घटनास्थलमा पुगेर प्रारम्भिक मूल्याङ्कन गर्दा करिब रु चार लाख ५५ हजारको क्षति भएको बताइएको छ।

यसअघि पनि लोमान्थाङ र घरपझोङमा हिमचितुवाले पशुचौपायामा आक्रमण गर्दै ठूलो क्षति पुर्‍याएको थियो। जलवायु परिवर्तन र उच्च लेकमा चरन क्षेत्रको घाँस अभावले हिमचितुवा बस्ती नजिक आउन थालेको छ। एक्यापले सिसीक्यामेरा जडान गरी निगरानी गर्दै आएको छ र पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार