• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

एमाले सांसद महरद्वारा ओली र लेखकको बिना शर्त रिहाइ माग

एमाले सांसद महरद्वारा ओली र लेखकको बिना शर्त रिहाइ माग

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपूर्वगृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिशोध र पूर्वाग्रहको राजनीतिलाई अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सरकारको कदमलाई आलोचना गरेका छन्।

सांसद महरले सरकारले गैरकानुनी तथा गैरन्यायिक ढङ्गले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको आरोप लगाएका छन्। उनले लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने बताए र विधि शासनको स्थापना गर्न सबैको समान व्यवहार अनिवार्य भएको उल्लेख गरे।

त्यस्तै, उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिन समेत सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार