सिंहदरबार मा आज प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार मध्यान्ह १२ बजे बस्ने यो बैठक दिउँसो १ बजे तय गरिएको प्रतिनिधिसभाको बैठकअघि आयोजना गरिएको हो।
आजको सम्भावित कार्यसूचीअनुसार बालेन्द्र शाह (बालेन) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नेछन्। त्यसैगरी स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने उक्त विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव पनि अघि सार्नेछन्। साथै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ।