सुनसरी — स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गर्न पुगिन् र सेवा प्रवाहबारे जानकारी लिइन्। उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन्। साथै, मन्त्री मेहता चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सेवाभावका साथ बिरामीको उपचार गर्न आग्रह गरिन् र सेवाग्राहीसँग पनि कुराकानी गरिन्।
आजै मन्त्रीले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ।