• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौं जिल्ला अदालतद्वारा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं जिल्ला अदालतद्वारा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

उच्च स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको हो। तर दम्पती हाल विदेशमा भएकाले तत्काल पक्राउ सम्भव भएको छैन।

स्रोतले बताएअनुसार, अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि उनीहरू नेपाल फर्किएकै छैनन्, त्यसैले अनुसन्धान विभागले कानुनी प्रक्रियाअनुसार उनलाई पक्राउ गर्न पाएको छैन।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा गैरकानुनी रूपमा प्राप्त सम्पत्ति वा पैसा कानुनी रूपमा देखाउने प्रक्रिया जाँच भइरहेको छ। यसै सिलसिलामा देउवा दम्पतीसहित अन्य राजनीतिक नेताहरूको सम्पत्ति र आम्दानीको विस्तृत अध्ययन भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार