‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ – प्रधानसेनापति अशोकराज सिग्देलले आज तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा ऐतिहासिक योगदान गर्दै आएको बताएका छन्।

सिग्देलले भने, “नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान र भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ।” उनले आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाको भूमिकाले यसलाई विश्वसनीय र सम्मानित बनाएको बताए।

उहाँले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल विस्तार गर्दै आएको जानकारी दिँदै, आर्थिक सुस्तता, बैंकिङ क्षेत्रमा चुनौती, मुद्दती निक्षेपको ब्याज घट्नु र शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा कटौतीले कल्याणकारी कार्यक्रम सञ्चालनमा थप चुनौती थपेको उल्लेख गर्नुभयो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार