पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
अदालतले उनीहरूको अस्वाभाविक सम्पत्ति कारोबार भेटिएपछि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा यो कदम उठाएको हो।हाल देउवा दम्पती देशबाहिर छन्। चुनावको पूर्वसन्ध्यामा, १४ फागुन २०८३, उपचारका लागि उनीहरू सिंगापुर गएको र त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। स्रोतका अनुसार उनीहरू अझै हङकङमै छन्।
पक्राउ पूर्जी जारी भए पनि उनीहरू विदेशमा भएकाले, नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत इन्टरपोल नोटिस (Red Corner Notice) जारी गरेर विदेशबाट पक्राउ गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।एक उच्च प्रहरी अधिकारीले भने, “इन्टरपोल नोटिसका लागि अदालतको कागजात आवश्यक हुन्छ। पूर्जी जारी भएपछि अब नोटिस प्रक्रिया अघि बढ्न सक्छ।”