पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

काठमाडौं – पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासतबाट मुक्त भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, लेखकलाई सरकारी वकिल कार्यालयको निर्णयपछि परिवारको जिम्मामा हाजिरी जमानीमा रिहा गरिएको हो। उनी १३ दिन हिरासतमा बसेका थिए।लेखकलाई जेनजी आन्दोलन सम्बन्धी घटनामा ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको थियो। उनी पक्राउ परेका बेला गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरिसकेको थियो।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतबाट मुक्त भइसकेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार