संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने

संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज मध्यरात १२ बजेदेखि अन्त्य हुने भएको छ।

मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्। अधिवेशनको अन्तिम बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ। २१ फागुनमा सम्पन्न निर्वाचनपछि संसद्को पहिलो बैठक चैत १९ गते बसेको थियो।

चालु अधिवेशन अन्त्य भएसँगै अब संसद्को बजेट अधिवेशन सुरु हुनेछ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार