• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

औषधिको मूल्यवृद्धि छानबिन गर्न स्वास्थ्य सचिवलाई निर्देशन

औषधिको मूल्यवृद्धि छानबिन गर्न स्वास्थ्य सचिवलाई निर्देशन

काठमाडौँ — औषधिको मूल्य अनधिकृत रूपमा वृद्धि भएको आरोपपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्णयअनुसार बिहीबार राति उनलाई मन्त्रालयमा तानिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले औषधि मूल्य वृद्धिको विषयमा उठेका गम्भीर प्रश्नपछि छानबिन अघि बढाउन निर्देशन दिएको छ।

कार्यालयले स्वास्थ्य मन्त्रालयलाई तीन सदस्यीय विज्ञ समिति गठन गरी औषधि मूल्य निर्धारण प्रक्रिया, सम्भावित अनियमितता र संलग्न व्यक्तिहरूको पहिचानसहित प्रतिवेदन तयार गर्न भनेको छ। साथै, स्वास्थ्य सचिव विकास देवकोटालाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।प्रधानमन्त्री कार्यालयमा परेको उजुरी र संसदमा उठेका प्रश्नपछि यो प्रक्रिया अघि बढाइएको हो। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधि क्षेत्रमा अनधिकृत मूल्यवृद्धि र सम्भावित ठूलो आर्थिक अनियमितताबारे प्रश्न उठाएका थिए।

महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मानेर समेत औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको आशंका व्यक्त गरिएको छ। अहिले विषयमा विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार