काठमाडौँमा आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ, जबकि शुक्रबार सोही सुन २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ५४५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ, जबकि शुक्रबार यसको मूल्य ४ हजार ९६० रुपैयाँ थियो। यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।