भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू सवार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

दुर्घटना भएको एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता रहेको जनाइएको छ।

प्रहरीका अनुसार डुङ्गा पल्टिएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। सो क्रममा २२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार