• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा वा भाँगो जस्तो देखिने प्रतिबन्धित तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ हुन्। उनी अमेरिकी राहदानीका साथ शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागिरहेका थिए।

प्रस्थानतर्फको होल्ड ब्यागेज चेकिङका क्रममा एक्सरे मेसिनमार्फत गरिएको स्क्रिनिङमा उनको झोलामा शंकास्पद वस्तु देखिएपछि थप जाँच गरिएको थियो। जाँच गर्दा १.२५ लिटरका पाँच वटा बोतलमा गाँजा वा भाँगो जस्तो देखिने तेल फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद गरिएको पदार्थ र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरोको टोलीलाई जिम्मा लगाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार