आफन्तद्वारा गोली प्रहार: अमेरिकाको लुइजियानामा ८ बालबालिकासहित १० जनाको हत्या

आफन्तद्वारा गोली प्रहार: अमेरिकाको लुइजियानामा ८ बालबालिकासहित १० जनाको हत्या

काठमाडौँलुइजियाना राज्यको श्रेवेपोर्ट सहरमा भएको भीषण गोलीकाण्डमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । मृतकमध्ये बालबालिकाहरू १ देखि १४ वर्ष उमेर समूहका रहेका छन् ।

प्रहरीका अनुसार आइतबार घरेलु विवादका क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । घटनापछि फरार भएका ती आक्रमणकारीलाई प्रहरीले पछि कारबाहीका क्रममा मारिएको जनाएको छ ।

घटनामा ज्यान गुमाउनेहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रारम्भिक जानकारीअनुसार केही बालबालिका आक्रमणकारीकै नातेदार रहेका थिए ।

अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान शमार एल्किन्स का रूपमा भएको छ ।

सहरका मेयर टाम आर्सेनो ले घटनालाई अत्यन्तै दुःखद बताउँदै यो श्रेवेपोर्टकै अहिलेसम्मको सबैभन्दा पीडादायी घटना भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार