• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

धनगढी– कञ्चनपुरमा विवाह समारोहका क्रममा भएको झगडामा एक युवकको हत्या भएको छ। पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्वल सायरको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार गएराति करिब साढे १ बजेतिर स्थानीय विवाह समारोहमा झगडा हुँदा सायरमाथि आक्रमण भएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार उनको छातीमा धारिलो हतियार प्रहार गरिएको थियो। घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेकाहरूको परिचय भने हाल सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार