काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। संसदीय दलका नेता रामबहादुर थापा ले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।
बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका ऐन महर ले जिम्मेवारी पाउँदा खुसी व्यक्त गरेका छन्। उनले पूर्ण निष्ठा र इमानदारीका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।