• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

नेप्से ७.७३ अंकले उकालो, कारोबार रकम घट्यो

नेप्से ७.७३ अंकले उकालो, कारोबार रकम घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७३ अंकले बढेर २७९६ अंकमा कायम भएको छ। यसअघि शुक्रबार पनि नेप्से १.५ अंकले उकालो लागेको थियो।

यद्यपि बजार उकालो लाग्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको हो। कुल १५७ कम्पनीको शेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १० कम्पनी स्थिर रहेका छन्।

समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५२ प्रतिशतले बढेको छ। यससँगै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ र निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले उकालो लागेका छन्।

विपरीत रूपमा हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार समूह १.३९ प्रतिशतले घटेका छन्। आज चार कम्पनीको शेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्।

यसैगरी झापा इनर्जीको ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशतले मूल्य बढेको छ भने माइखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।

कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार