• २०८३ बैशाख १८ गते शुक्रवार
  • Preeti To Unicode

घर भत्किएपछि निस्किएका व्यक्ति बल्खु खोलामा मृत फेला

घर भत्किएपछि निस्किएका व्यक्ति बल्खु खोलामा मृत फेला

काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकै खोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान घर भत्किएको हेर्न नसक्ने भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत अवस्थामा भेटिएको उनकी पत्नी सरिता राईले बताइन् । उनका अनुसार घर भत्किएपछि राई ‘हेर्न सक्दिनँ’ भन्दै एक्लै बर्बराउँदै घरबाट बाहिर निस्किएका थिए । घटना थाहा पाएपछि पत्नी सरिता र उनका छोरा घटनास्थलमै पुगेका छन् । स्थानीयका अनुसार राईको परिवार करिब १६/१७ वर्षदेखि बल्खुको सुकुमवासी बस्तीमा बस्दै आएको थियो भने उनी बल्खुस्थित तरकारी बजारमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतकको औपचारिक परिचय र मृत्युको कारण खुलाएको छैन भने परिवारसँग सम्पर्क गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार