• २०८३ बैशाख १८ गते शुक्रवार
  • Preeti To Unicode

रोल्पा जिप दुर्घटनामा २० जनाको सनाखत, एक घाइते घर फर्किए

रोल्पा जिप दुर्घटनामा २० जनाको सनाखत, एक घाइते घर फर्किए

रुकुम । बिहीबार रोल्पाको जलजलामा भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा सिस्ने गाउँपालिका–५ टाकुरा (रुकुम पूर्व), भूमे गाउँपालिका र दाङको घोराही–१५ रतनपुरका बासिन्दा रहेका छन् । घटनामा एक जना घाइते भएका थिए भने घाइते समीर कामी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यी हुन् ज्यान गुमाएकाहरू

१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत

भुमे–५, रुकुम पूर्व घर भएकाहरू

११. टेकप्रसाद बुढामगर

दाङको घोराही–१५, रतनपुर घर भएकाहरू  
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार