नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी

२० वैशाख, चितवन — अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला र पानीधारामा ढुङ्गासहित पहिरो खस्दा यातायात प्रभावित भएको छ। बिहान करिब ५:४५ बजे गएको पहिरोका कारण सडक आंशिक रूपमा अवरुद्ध भई हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो हटाउन डिभिजन सडक कार्यालय भरतपुरबाट डोजर मगाइएको छ। पहिरो खसेको स्थान मुग्लिनबाट नारायणगढतर्फ करिब पाँच किलोमिटर दूरीमा पर्छ।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार