विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं — नेपाल विद्युत् प्राधिकरण को निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ ले बुधबार उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

श्रेष्ठ यसअघि प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

यसअघि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्र देव शाक्य सरकारद्वारा जारी “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम स्वतः पदमुक्त भएका थिए। त्यसलगत्तै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार