काठमाडौं । सरकारले विदेशस्थित १५ जना अवैतनिक दूत (अनररी कन्सुलर जनरल तथा कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । साथै मन्त्रिपरिषद् बैठकले आगामी जेठ २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।