मधेश प्रदेशसभा बैठक स्थगित: विश्वासको मतको क्रममा बिजुली कटेर अँध्यारो

मधेश प्रदेशसभा बैठक स्थगित: विश्वासको मतको क्रममा बिजुली कटेर अँध्यारो

मधेश प्रदेशसभा बैठक आज स्थगित भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रममा अचानक विद्युत् गएको हो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले धारणा राख्दै गर्दा बिजुली बत्ती गएपछि बैठक कक्ष अँध्यारो भयो। माइक प्रणाली समेत प्रभावित भएपछि प्रत्यक्ष प्रसारण (लाइभ)मा समस्या देखियो।

प्रदेशसभामा रहेको जेनरेटरमा इन्धन नहुँदा बैठक संचालन हुन सकेन। सभामुखले सांसदहरू बाहिर निस्किन थालेपछि बैठक केहीबेरका लागि स्थगित गर्नुभयो।हाल जेनरेटरमा इन्धन ल्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार