काठमाडौं । Balen Shah ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार सामूहिक छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेट तथा संवाद कार्यक्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल गरिने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटवार्तामा नेपाल र ईयू सदस्य राष्ट्रबीचको सहकार्य विस्तारका विषयमा पनि कुराकानी हुनेछ । यसअघि चैत २५ गते पनि शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।