जारी युद्धविरामका बीच अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार इरानी मिसाइल भण्डारण स्थल र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगालाई लक्षित गर्दै हमला गरिएको हो।
United States Central Command (सेन्ट्रल कमान्ड) ले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरिएको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविराम कायम रहेकै अवस्थामा अमेरिकी सेना संयमित ढंगले आफ्ना फौजको सुरक्षा गरिरहेको बताएका छन्।
यो आक्रमण इरानी विदेश मन्त्रालयका प्रवक्ता Esmail Baghaei ले अमेरिका–इरान वार्तामा केही प्रगति भएको तर तत्काल शान्ति सम्झौता सम्भव नरहेको बताएका बेला भएको हो।क्याप्टेन हकिन्सका अनुसार आक्रमण Bandar Abbas नजिक गरिएको थियो। यो इरानी नौसैनिक अड्डाको मुख्य केन्द्र मानिन्छ र रणनीतिक रूपमा महत्वपूर्ण Strait of Hormuz क्षेत्रमा पर्छ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए। तर समाचार तयार पार्दासम्म इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन।यस घटनाले अमेरिका–इरानबीच सम्भावित शान्ति प्रक्रियामा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट भएको छैन। तथापि, अमेरिकी विदेशमन्त्री Marco Rubio ले भने शान्ति सम्झौताको सम्भावना अझै कायम रहेको बताएका छन्।
भारत भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै रुबियोले प्रारम्भिक दस्तावेजको भाषामाथि गहन छलफल भइरहेको र सहमतिमा पुग्न केही दिन लाग्न सक्ने बताएका छन्। उनका अनुसार अमेरिकी राष्ट्रपति Donald Trump पनि सम्झौता सम्पन्न गर्न इच्छुक छन्।यसअघि ट्रम्पले अमेरिका र इरान शान्ति सम्झौताका नजिक पुगेको संकेत दिएका थिए। तर पछि उनले वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको बताएका थिए। रुबियोले पनि सोमबारसम्म सहमति हुन सक्ने संकेत गरेका थिए।
इरानी प्रवक्ता बकाईले भने धेरै विवादित विषयमा प्रगति भए पनि तत्काल सम्झौता हुने अवस्था नरहेको बताएका छन्।वार्तामा छलफल भइरहेको प्रारम्भिक समझदारीपत्रमा ६० दिनका लागि युद्धविराम थप गर्ने, Strait of Hormuz पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने प्रस्ताव समावेश रहेको बताइएको छ।