६ खेलाडीको ज्यान गएको सिस्नेरी घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

६ खेलाडीको ज्यान गएको सिस्नेरी घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । मकवानपुरको सिस्नेरीमा २०८१ असोजमा गएको पहिरोमा ६ किशोर खेलाडीको मृत्यु भएको घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ५ सदस्यीय उपसमिति गठन गरेको छ । खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा गठित समितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन् । समितिलाई सोमबारदेखि लागू हुने गरी २१ दिनभित्र छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । १२ असोज २०८१ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी विद्यालयमा सञ्चालित एन्फा सिस्नेरी एकेडेमीमा पहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको मृत्यु भएको थियो । घटनामा एन्फाको लापरबाही रहेको आरोप लगाउँदै मृतक खेलाडीका आफन्तले छानबिनको माग गरेका थिए । उनीहरूको निवेदनका आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिन गर्न निर्देशन दिएपछि समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार