सिंहदरबारमा रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

सिंहदरबारमा रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बोलाइएको बैठक संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो।

यद्यपि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले आफ्ना शीर्ष नेताहरूलाई बैठकमा नपठाएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन्।

यसैबीच, हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को गतिविधि तथा दलहरूबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार