बसुन्धाराको गार्मेन्ट उद्योगमा भीषण आगलागी, ८ करोड रुपैयाँ बराबरको क्षति

बसुन्धाराको गार्मेन्ट उद्योगमा भीषण आगलागी, ८ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौँ । टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा बुधबार बिहान भीषण आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। विद्युत् सर्ट भएर बिहान करिब २ः५२ बजे सुरु भएको आगोले केही समयमै उग्र रूप लिएपछि नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा सम्बन्धित निकायहरू आगो नियन्त्रणमा जुटेका थिए। काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एक पानी ट्याङ्करको सहयोगमा अथक प्रयासपछि बिहान करिब ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट सिद्धबाबा युनिफर्म गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने आगो छिमेकी संरचनामा समेत फैलिँदा अन्नपूर्ण किराना स्टोर, प्रतीक्षा इलेक्ट्रोनिक्स, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागीको कारण र क्षतिको यकिन विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार