ठाँकुर चौरमा भैँसीका बथान, मौलिक गोठालो जीवनशैलीले बढायो आकर्षण

ठाँकुर चौरमा भैँसीका बथान, मौलिक गोठालो जीवनशैलीले बढायो आकर्षण

रुकुमपूर्व । समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित ठाँकुर चौर यतिबेला प्राकृतिक सौन्दर्य र मौलिक गोठालो जीवनशैलीका कारण आकर्षणको केन्द्र बनेको छ । विशाल हरिया चौरमा वर्षायाम सुरु भएसँगै ढोरपाटन क्षेत्रका गोठालाहरू भैँसीका बथान लिएर पुगेका छन् । घना जंगल र अग्ला हिमाली पहाडको काखमा फैलिएको यो चौर भैँसी तथा गोठालाहरूका लागि अस्थायी वासस्थान बनेको छ । आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि यहाँका पुस्तैनी गोठालाहरूले आफ्नो परम्परा जोगाइराखेका छन् । चौरभरि चरिरहेका भैँसीका बथान, गोठालाहरूको दैनिकी तथा पृष्ठभूमिमा देखिने पुथा हिमाल र हरियालीले ढाकिएका पहाडहरूले यहाँको दृश्यलाई झन् मनमोहक बनाएका छन् । प्राकृतिक सौन्दर्यसँगै प्राचीन मौलिक जीवनशैलीको झल्को दिने ठाँकुर चौर रुकुमपूर्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार