ट्राफिक कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन

ट्राफिक कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेको २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २२३ सवारी चालकलाई कारबाही गर्दै १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५०, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १७७ तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११८ जना कारबाहीमा परेका छन् । त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार २५१ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई थप प्रभावकारी बनाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार