जेनजी आन्दोलनको भावना नबिर्सन रास्वपालाई सीके राउतको आग्रह

जेनजी आन्दोलनको भावना नबिर्सन रास्वपालाई सीके राउतको आग्रह

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जेनजी आन्दोलनको भावना, त्यसबाट प्राप्त जनविश्वास र शहीदहरूको सपनालाई कहिल्यै नबिर्सन आग्रह गरेका छन्। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू जेनजी आन्दोलनबाट प्राप्त विश्वासको स्मरण गराउन महाधिवेशनमा सहभागी भएको बताए। राउतले आफ्नो पार्टीको देश बनाउने सपना पनि रास्वपामार्फत पूरा होस् भन्ने चाहना व्यक्त गर्दै आन्दोलनबाट प्राप्त जनआस्था र विश्वासलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पार्टी फरक भए पनि देश बनाउने साझा उद्देश्य रहेको उल्लेख गर्दै रास्वपाले जेनजी आन्दोलनका शहीदहरूको सपना पनि नबिर्सने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार