अम्लेटमा माछाको काँडा भेटिएपछि गृहमन्त्री गुरुङका लागि खाना बनाउने दुई भान्छे प्रहरी नियन्त्रणमा

अम्लेटमा माछाको काँडा भेटिएपछि गृहमन्त्री गुरुङका लागि खाना बनाउने दुई भान्छे प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि प्रहरीले दुई भान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले घटनाबारे बुझ्नका लागि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएका थिए, जहाँ अम्लेटभित्र माछाको काँडा भेटिएपछि घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको हो । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार