• २०८३ असार १२ गते शुक्रवार
  • Preeti To Unicode

जुम्लामा ११ महिनामा ट्राफिक कारबाहीबाट ८ लाख १२ हजार राजस्व सङ्कलन

जुम्लामा ११ महिनामा ट्राफिक कारबाहीबाट ८ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा सवारी नियम उल्लङ्घन, मादकपदार्थ सेवन गरेर सवारी चलाउनेलगायतका कसुरमा चालकलाई कारबाही गर्दै रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतका अनुसार यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भए पनि कुनै मानवीय क्षति भएको छैन। पछिल्लो समय बढ्दो सहरीकरणसँगै जुम्लामा सवारी साधनको चाप बढ्दै गएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार