नेपाल टेलिकमको नयाँ सुविधा: प्रिपेडमा स्वतः नवीकरण हुने मासिक प्याकेज, २९९ देखि ७९९ रुपैयाँसम्मका योजना सार्वजनिक

नेपाल टेलिकमको नयाँ सुविधा: प्रिपेडमा स्वतः नवीकरण हुने मासिक प्याकेज, २९९ देखि ७९९ रुपैयाँसम्मका योजना सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण (सब्स्क्रिप्सन बेस्ड) हुने नयाँ प्याकेज सेवा सञ्चालनमा ल्याएको छ। अब ग्राहकले प्रत्येक महिना आफैँ प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झट हट्ने भएको छ। एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा प्याकेज स्वतः नवीकरण हुनेछ। टेलिकमले ३० दिनका लागि २९९, ४९९ र ७९९ रुपैयाँका तीन प्याकेज सार्वजनिक गरेको छ। २९९ रुपैयाँको प्याकमा ३०० मिनेट अल-नेट भ्वाइस, ४ जीबी डाटा, २ जीबी नाइट डाटा र २० वटा अन-नेट एसएमएस, ४९९ रुपैयाँको प्याकमा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा र १०० वटा अल-नेट एसएमएस उपलब्ध हुनेछ। त्यस्तै, ७९९ रुपैयाँको ‘नमस्ते रिकरिङ ७९९’ प्याकमा सबै नेटवर्कमा अनलिमिटेड कुराकानी, दैनिक १० जीबीका दरले महिनाभर कुल ३०० जीबी डाटा तथा ३०० वटा अल-नेट एसएमएस प्रदान गरिनेछ। थप डाटा आवश्यक परे ३० रुपैयाँमा १ जीबी, ५० रुपैयाँमा २ जीबी र ९९ रुपैयाँमा ४ जीबीका एड-अन प्याकेज पनि उपलब्ध हुनेछन्। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले *१४१५# डायल गरी निर्देशन पालना गरेर यी प्याकेज खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार