पोखरामा २१औँ रोपाइँ महोत्सव, स्वदेशी–विदेशी पर्यटकको उत्साहजनक सहभागिता

पोखरामा २१औँ रोपाइँ महोत्सव, स्वदेशी–विदेशी पर्यटकको उत्साहजनक सहभागिता

पोखरा । कास्कीको लेखनाथस्थित शिशुवामा आइतबार २१औँ रोपाइँ महोत्सव सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा भएको महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै परम्परागत शैलीमा धान रोपेका थिए। महोत्सवले नेपाली कृषि संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनलाई जोड्दै स्थानीय तथा विदेशी पाहुनालाई रोपाइँको मौलिक अनुभव दिलाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार