प्रहरी हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा महिला पक्राउ

प्रहरी हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं । आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो। प्रहरीले जनाएअनुसार उनले असईको बर्दी लगाउने तथा बर्दीमा खिचिएको तस्वीर देखाएर विभिन्न आश्वासन दिँदै पीडितलाई विश्वासमा पारी ई–सेवा र मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ हाल्न लगाएर ठगी गरेकी हुन्। पक्राउ परेकी बोहोरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार