काठमाडौं । महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ सेवा याङ्गोका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलाखाको तामाकोशी गाउँपालिका–४ निवासी ४१ वर्षीय शिवकुमार खड्का रहेका छन्। बा.प्र.०१–००२ ज ७९४८ नम्बरको ट्याक्सीका चालक खड्कालाई पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उजुरीअनुसार सेवा लिइसकेपछि चालक खड्काले ती महिलालाई पटक–पटक फोन र सन्देश पठाउने तथा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।